सेवाहरू

वृद्धाश्रम (धर्मशाला)

विश्रान्तिमा ४० जना भन्दा बढी ज्येष्ठ नागरिकहरू पूर्ण रूपमा आश्रित रहेका छन् ।

पाठशाला (गुरुकुल)

३५ जना भन्दा बढी बटुक (विद्यार्थी) हरूले निःशुल्क आवासीय रूपमा शिक्षा प्राप्त गरिरहेका छन् ।

पाकशाला

विश्रान्तिमा सञ्चालित आवासीय पाकशाला (भान्सा) मा निःशुल्क सयौंको संख्यामा आश्रित लगायत स्वयम्सेवक, साधु सन्त, महन्त, फकिर आदि समेतका लागि हरेक छाक खाना पाक्ने गर्दछ ।

यज्ञशाला

सनातन धार्मिक संस्कृति अनुरूप दैनिक यज्ञ, हवनादी, निरन्तर जल तर्पणादी कार्यहरू सञ्चालनमा रहेका छन् ।

गौशाला

पवित्र गौ वंशको संरक्षणका साथै आश्रितहरूका लागि दुग्धीय पदार्थ वितरण गरिन्छ ।

गतिविधिहरू:


१. दाहसंस्कारघाट
अनादिकालदेखिनै पूर्व पहाडी जिल्लाका दाह गर्ने घाटहरू मध्येको मूख्य घाट भएकाले यो स्थानको नाम मूलघाट रहन गएको किंवदन्ती रहेको छ । विभिन्न पुराणहरूमा वर्णित स्थान “विश्रान्ति” र “कौशिकी” भनिएको भूमी यहि स्थान र परिसर भएकाले दाहको परम्परा सुरु भएको र यो क्षेत्रमा दाह गरिँदा मोक्ष्य प्राप्त हुने शास्त्रीय आधार भएकाले वर्तमान समयसम्म पनि दाह हुने परम्परा कायम रहेको छ । त्यसैले संस्थागत रूपमा विश्रान्तिले दाह घाट व्यवस्थापन अन्तर्गत दाह गर्दा चाहिने आधारभूत सामग्रीहरू दाउरा (समिदा) तिल, जौ, कुश, गहुँत, गोबर, व्राम्हण, पुस्तक, दहि, दूध, दाह गर्ने भट्टी (फर्नेश), पिण्डस्थल (विसौनी), वर, पिपल, तुलसी, पूmल र ओतिनको लागि पाटीहरू समेत निर्माण गरेको छ । संस्था दर्ता पश्चात हालसम्म दशौं हजार लासहरूको सद्गत भई सयौंको संख्यामा विपन्न व्यक्तिको लासहरू निःशुल्क दाह संस्कारमा समेत संस्थाले सहयोग पु¥याएको छ । “आर्थिक विपन्नता भएका व्यक्तिहरूले पनि आफ्नो संस्कार अनुरूप जल्न पाउनुपर्छ” भन्ने हाम्रो अभियान हो ।
२. पितृस्तम्भ र विष्णुपादुका
कौशिकी नदी किनारमा चिता बनाएको स्थानमा ढुङ्गाहरू संकलन गरी पितृ स्तम्भ निर्माण गरिएको छ । उक्त अत्यन्तै दिव्य पितृ स्तम्भको सबैभन्दा माथि कुशको ऋषि निर्माण गरिएको छ । चारवटा हातबाट चारै दिशामा टपरामा पिण्ड बोकेर (गयायां पितृ रूपेण…. ) भनी गयाजी हिँडेको परिकल्पना गरिएको सालिकको प्रतिरूप र उक्त पिण्डमा चार हातबाट अनवरत जलधारा तर्पणको व्यवस्था मिलाइएको छ । उक्त तर्पण तामाको आरीको परिकल्पना गरी बनाइएको ठूलो आरीमा खसेर पुनः उक्त जल पिपलको बोटलाई परिक्रमा गरी तमोरी गंगामा गएर मिसिने व्यवस्था मिलाइएको छ । साथै विष्णुपादुकाको परिकल्पना गरी सोही स्थानमा समस्त पितृहरू (विश्रान्ति परिसरमा दाह गरिएका) को नाममा दैनिक विहान तर्पण दिने व्यवस्था मिलाइएको छ । साथै कसैले तर्पण वा श्राद्ध गर्न चाहना राख्दा यसै स्थानमा तर्पण वा श्राद्ध गर्न सकिने छ । तर्पण वा श्राद्ध गर्न चाहिने सम्पूर्ण सामग्रीहरू समेत न्यूनतम शुल्कमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । हजारौं पितृभक्तहरूबाट तर्पण र श्राद्धको कार्य सम्पन्न भइसकेको छ ।
३. पितृ भवन (किरिया घर)
विश्रान्ति परिसरमा दाह संस्कार गरिएका परिवारका सदस्य मात्र नभएर जो सुकैले पनि यो भवनमा बाह्रौ दिनसम्मको सुध्याईँ कार्य गर्ने व्यवस्था मिलाइएको छ । सामान्य शुल्कमा उच्च सुविधा सहित निःशुल्क रूपमा गर्न पाउने समेत व्यवस्था रहेको छ । जो अति विपन्न छन् उनिहरूले आफ्ना आफन्तहरूको सुध्याईँ कार्य गर्न चाहना गर्ने तथा आर्थिक अभावमा गर्न नसक्नेहरूका लागि संस्थाले सनातनदेखि चली आएको परम्परा अनुरूप गर्ने गरी सम्पूर्ण कार्यको जिम्मा लिएर तिल, जौ, कुस, गहुँत, गोबर, लङ्गौटी देखि व्राम्हणको व्यवस्था सहित गौदान र फेरफार कपडा समेतको व्यवस्था मिलाई सम्पूर्ण कार्य सम्पादन गरी दुःखबाट बाहिर निकाल्न सहयोग पु¥याउने गरेका छौँ । हालसम्म २०÷२२ जना ज्येष्ठ नागरिकहरूको सम्पूर्ण सुध्याईँ कार्य सम्पादन गरी सकेका छौँ र आफ्ना छोरा, छोरी, भतिजा, भतिजी आदिबाट गरिएको सुध्याईँ कार्यको सम्पूर्ण व्यवस्थापन संस्थाले गर्ने गरी कैयौंको सुध्याईँ कार्य सम्पादन गरिसकेका छौँ ।
मृत्युपूर्व प्राय मानिसहरूको मनोवैज्ञानिक सोचको अध्ययन गर्दा सबै मानिसहरू आफ्नो मृत्यु पश्चातको अवस्थाबारे नजानिदो गरी के हुने हो ? तरनतारनको अवस्था के होला ? पुनरजन्मप्रति भित्री मनमा विभिन्न मनगणन्ते धारणा राख्ने÷बनाउने जस्ता धेरै मनोभावले गाँजिएका प्राय वृद्ध वृद्धाहरूको मनोदशा हुँदो रहेछ ।

विश्रान्तिले सञ्चालन गरेका अन्य गतिविधिहरू ः


– वृद्धाश्रम सञ्चालन
– शिव पाञ्चायत मन्दिर सञ्चालन
– पितृ स्तम्भ उद्यान
– विश्रान्तिधाम, संस्कृत गुरुकुल सञ्चालन
– दाहका निम्ति दाउराको व्यवस्थापन र दाह भट्टी (डिजेल प्लान्ट) निर्माण र सञ्चालन
– मौसमी वेल सर्वत उद्योग सञ्चालन
आदि कार्यक्रमहरू एकिकृत कार्यक्रमहरू हुन् ।

सूचना सूचना सूचना

मिति २०८१ फागुन ४ गतेदेखि विश्रान्ति मन्दिर परिसरमा पहिलो पटक शिवमहापुराणको आयोजना भएको छ । यहाँहरू सम्पूर्ण विश्रान्तिप्रेमी भक्तहरूलाई हार्दिक निमन्त्रणा छ ।


This will close in 20 seconds